साताको चौथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँ पुगेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ कारोबार भएको थियो। त्यस्तै, तेजावी सुन पनि प्रतितोला पाँच सय रूपैयाँले बढेर १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ३ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।





























प्रतिक्रिया