किन फेरियो कोपा–अमेरिका खेल संरचना ? [भिडियोसहित हेर्नुहोस्]

किन फेरियो कोपा–अमेरिका खेल संरचना ? [भिडियोसहित हेर्नुहोस्]

केन्द्रबिन्दु
0
Shares

दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका पछिल्लो समय हरेक दुई–दुई वर्षमा आयोजना हुँदै आएको थियो । युरोपियन महादेशको युरो कप हरेक ४–४ वर्षमा आयोजना हुँदा कोपा अमेरिका भने २–२ वर्षमै आयोजना हुँदै आएको थियो । तर, अब भने प्रतियोगिताको ढाँचामा ठूलो परिवर्तन हुने भएको छ । समय अनुसार र अन्य महादेशको प्रतियोगितालाई समेत ध्यानमा राखेर यस प्रतियोगिताको फर्म्याटमा ठूलो परिवर्तन गर्ने तयारी भइरहेको छ । अन्तिमपटक सन् २०२० मा हुनुपर्ने युरोकप र कोपा अमेरिका सन् २०२१ मा एकैपटक भएका थिए । ‘बिबिसी’ले जनाए अनुसार अब कोपा अमेरिका युरोकपजस्तै हरेक ४ –४ वर्षमा आयोजना हुनेछ । 

सन् २०२२ मा सम्पन्न कतार विश्वकपपछि अब कोपा २०२३ मा नभई एकैपटक २०२४ मा मात्रै हुनेछ । खासमा पछिल्लोपटक भएको कोपा अमेरिका २०२० मै हुनुपर्ने भए पनि कोरोना महामारीका कारण एक वर्ष धकेलिएको थियो । अहिले नै दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मोबोल) ले सन् २०२४ बाट लागू हुने गरी परिवर्तित ढाँचाको सम्पूर्ण स्वरूप कस्तो हुनेछ भनेर निर्णय गरिसकेको छैन ।

प्रतियोगिताको नयाँ स्वरूपबारे अहिले अन्तिम तयारी भइरहेको छ । जसअनुसार अबको संस्करण २०२४ मा आयोजना हुँदैछ । पछिल्लोपटक कोपा अमेरिका हुँदा पाहुना देशलाई छनोट गरिएको थिएन । दक्षिण अमेरिका महादेशका १० देश बीच मात्रै प्रतियोगिता सञ्चालन गरिएको थियो । सन् २०२१ को कोपा अमेरिकामा पाहुना टोली बोलाइएको थिएन जुन सन् अघिल्लो संस्करणमा पनि लागू हुनेछ । नयाँ संस्करणको प्रतियोगितामा अन्य महादेशलाई सामावेस गरिनेछ । यसअघि पाहुना टोलीका रुपमा एसियन च्याम्पियन टोलीहरुलाई बोलाइथ्यो । कतार र जापान सन् २०१९ को विजेता तथा उपविजेता टोली थिए ।  आगामी संस्करणको कोपा अमेरिकामा निम्न बुँदाहरु परिवर्तन गरिएको छ–

१. कोपा अमेरिकाको आगामी संस्करण सन् २०२४ मा आयोजना हुनेछ ।

२. आगामी संस्करणको कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्नेछ ।

३. आगामी संस्करणमा साउथ अमेरिकाका १० देश सबै तथा ‘कनकेकाफ’ (नर्थ अमेरिका–मध्य अमेरिका र क्यारेबिन) क्षेत्रका ६ देशलाई पनि सामेल गराइनेछ । यी देशले अब कोपा अमेरिका खेल्न पाउनेछन् ।

४. हालसम्म सञ्चालन भएका कोपा अमेरिकामा समूह चरण हुँदैन्थे । तर, आगामी संस्करणमा समूह विभाजन गरिनेछ । जहाँ ४–४ देशलाई ४ समूह मा विभाजन गरिनेछ ।

५. नयाँ ढाँचामा कोपा अमेरिका खेल्न छनौट खेल खेल्नुपर्दैन । तर, दक्षिण अमेरिकाभन्दा फरक महादेशबाट आउने देशका लागि भने प्लेअफको नियम लागु हुनेछ । यो नियम प्लेअफको नतिजा ड्र सार्वजनिक हुँदाको वरीयतामा लागू हुनेछ ।  

६. अबको संस्करणदेखि कोपा अमेरिकामा प्लेअफ, क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी विभिन्न पाँच चरणमा खेल सञ्चालन हुनेछ ।

 

Logo