महिला सहभागिता पुरुष बराबर बनाउने कुरालाई दलहरुले बेवास्ता गरे -पूर्वअध्यक्ष शाक्य

महिला सहभागिता पुरुष बराबर बनाउने कुरालाई दलहरुले बेवास्ता गरे -पूर्वअध्यक्ष शाक्य

केन्द्रबिन्दु
0
Shares

नेपाल कानून समाजका पूर्व अध्यक्ष तिर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुष सरह नै बनाउने कुरालाई बेवास्ता गरेको  आरोप लगाएका छन् । 

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै पूर्वअध्यक्ष शाक्यले राजनीतिकदलहरुले महिला सहभागितालाई हेलचेक्र्याँइ गरिरहेको आरोप लगाएका हुन् । उनले महिलाको राजनीतिक दलले हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगिरहेको बताए । 

उनले महिलाई हरेक क्षेत्रमा रहेर बुझ्ने अधिकार नै प्रदान नगरिकएको भन्दै महिलालाई बुझ्ने स्थानमा लैजान अभिमुखीकरण कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको बताए । उनले महिलालाई स्थान दिने बेलामा राजनीतिक दलहरु पात्र नै उपयुक्त नभएको जस्ता तर्कहरु गरेर पन्छिने गरेको भन्दै संविधानले व्यवस्था गरेपछि राजनीतिक दलहरुले सो क्षेत्रका लागि उपयुक्त पात्र तयार गरेर भएपनि संविधानअनुसार चल्नुपर्ने बताए । 

पूर्वअध्यक्ष शाक्यले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य समय घटाउने मात्रै नभइ बन्न पाउने अधिकतम उमेरको बारेमा पनि छलफल हुन आवश्यक रहेको बताए । 

Logo