मलेसियाका गृहमन्त्री इजमायल आज नेपाल आउँदै

मलेसियाका गृहमन्त्री इजमायल आज नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल तीनदिने भ्रमणका लागि आज नेपाल आउँदैछन्।

भ्रमणका क्रममा उनले गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालसँग भेट गर्ने कार्यक्रम छ। उनको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ। नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो। नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

यस्तै, नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरेले बताए। कामदार आपूर्ति गर्ने मुलुक भ्रमणका क्रममा मलेसियालीमन्त्री इजमायल नेपाल आउन लागेका हुन्। मलेसियाले नेपालसहित भारत, बंगलादेश र श्रीलंकाबाट ५ लाख कामदार लैजाँदै छ। वैदेशिक रोजगार व्यवसायीहरुले नेपालबाट कामदार पठाउने प्रक्रिया लामो रहेको जनाउँदै प्रक्रिया छोटो बनाउन र सेवाशुल्क परिवर्तन गर्न माग गरेका छन्। 
 

Skip This
Skip This
Logo