सन्दीप लामिछाने फर्किए राष्ट्रिय टिमकाे बन्द प्रशिक्षणमा

सन्दीप लामिछाने फर्किए राष्ट्रिय टिमकाे बन्द प्रशिक्षणमा

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । बलात्कार आरोप लागेका सन्दीपलाई निलम्बन फुकुवा गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको हो । 

उच्च अदालत पाटनको आदेशमा दुई साता अघि विभिन्न शर्तसहित २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका पूर्वकप्तान सन्दीपलाई हालै बसेको क्यानको बैठकले  निलम्बन फुकुवा गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलाउन समस्या नहुने जनाइसकेको छ । 

सन्दीप आज नै केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए । उनी टोलीमा फर्किएसँगै बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ ।नेपालले आगामी फेब्रुअरी १४ बाट टियु क्रिकेट मैदानमा आयोजना हुने नामिबिया र स्कटल्याण्डसँगको त्रिदेशीय एकदिवसीय सिरिज खेल्दैछ  ।सन्दीप

Logo