जेभियर इन्टरनेशनलका विद्यार्थीले अमेरिकाका विश्वविद्यालयमा सिधै भर्ना हुन पाउने

जेभियर इन्टरनेशनलका विद्यार्थीले अमेरिकाका विश्वविद्यालयमा सिधै भर्ना हुन पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कालोपुलस्थित जेभियर इन्टनरेशनल कलेजबाट प्लस टु र ए लेभल पास गरेका विद्यार्थीले अमेरिकाका विश्वविद्यालयमा सिधै भर्ना हुन पाउने भएका छन् ।

कलेजमा ‘एजुकेश युएसए युनिभिर्सिटी फेयर’ मार्फत यस्तो जानकारी दिइएको हो । अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला अन्तर्गतको ‘युनाइटेड स्टेट्स एजुकेशनाल फाउण्डेशन इन नेपाल’ को संयोजनमा भएको शैक्षिक मेलामा अमेरिकी विश्वविद्यालयका प्रतिनिधिहरुले करिअर काउन्सिलिङलगायतका विषयमा जानकारी गराएका छन् ।

मेलामा अमेरिकाका २० वटा प्रतिष्ठित विश्वविद्यालयले भाग लिएको जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक गोपाल भण्डारीले जानकारी दिए । यूएसईफले प्रदान गर्ने फुलब्राइट र एजुकेशन यूएसले प्रदान गर्ने छात्रवृत्तिमा हरेक वर्ष जेभियर इन्टरनेशनलका विद्यार्थी छानिने गरेका छन् । जसबाट कन्सल्टेन्सीहरूले लिने शुल्क जोगिनुका साथै कलेजसँगको सीधा सम्बन्धका कारण भिसा रेट पनि उच्च रहेको छ ।

कलेजको कुन विद्यार्थी कुन विधामा राम्रो छ उसलाई सोही विधामा विश्वविद्यालय अध्ययनका लागि अमेरिकी सम्बन्धित विश्वविद्यालयले अवसर दिने निर्देशक भण्डारीले बताए । भर्ना प्रक्रिया र छात्रवृत्तिबारे जानकारी लिनका लागि मेलामा ११ र १२ मा अध्ययनरत विद्यार्थीका साथै ए लभेलका विद्यार्थीहरु सहभागी थिए । शैक्षिक मेला अमेरिकी विश्वविद्यालयहरुमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि उपयोगी हुने जेभियर इन्टरनेशनल कलेजले जनाएको छ । 

Logo