आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

केन्द्रबिन्दु
0
Shares

आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।

क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनेर पनि बुझिन्छ । नसर्ने रोग भए पनि क्यान्सर रोग विश्वव्यापी चुनौती बनेको छ । तर समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ । क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने डाक्टरको भनाइ छ । डाक्टरहरुका अनुसार शरीरमा कोशिकाको समूह अस्वाभाविक वृद्धि भएमा तिनै कोशिकाबाट गिर्खा या ट्युमर बन्ने गर्छन । फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर धैरै हुने गर्छ ।

नेपाल सरकारले क्यान्सर रोगलाई विपन्न सेवा भनेर उपचारका लागि एक लाख रुपैयाँ बराबरको सहुलियत पनि दिँदै आएको छ । तर यो सहुलियत रकम पर्याप्त नभएको गुनासो छ । डाक्टरका अनुसार खानपानका कारण ४० प्रतिशत र जाँडरक्सी तथा चुरोट सुर्तीका कारण ३० प्रतिशत क्यान्सर रोग लाग्ने जोखिम हुन्छ । धुमपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् ।

Skip This
Skip This
Logo