प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन् । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा विवाद चलिरहेका बेला अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास पुगेका हुन् । भेटमा समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल भएको जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री नदिएको भन्दै असन्तुष्ट एमालेले रास्वपाको भागमा परेको गृह मन्त्रालय उसैलाई दिनुपर्ने अडान लिएको छ। यता, प्रधानमन्त्री प्रचण्ड भने गृह तत्काल रास्वपालाई नदिने अडान लिइरहेका छन्। रास्वपाले आज सम्मको अल्टिमेटम दिएको छ।

Skip This
Skip This
Logo