प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् ।
आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।’
यस्तै, प्रधानमन्त्री दाहालले सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताए । प्रधानमन्त्रीले दाहालले भने, ‘राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ यद्यपि, यो पूर्ण छैन तर, यो निकै महत्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलि नै रहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ ।’





























प्रतिक्रिया