बीपीडब्लू लघुवित्तले आजदेखि वैदेशिक रोजगारीमा रहेका लागि आईपीओ निष्काशन गर्दै

बीपीडब्लू लघुवित्तले आजदेखि वैदेशिक रोजगारीमा रहेका लागि आईपीओ निष्काशन गर्दै

केन्द्रबिन्दु
0
Shares

बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा आजदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको सेयरमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो । लगानीकर्ताले सो आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खातामार्फत् आवेदन दिन सक्नेछन् । सर्वसाधारणलाई भने आगामी फागुन १८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले जारी पुँजीको तीन करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ५७ लाख रुपैयाँ बराबरको ५७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । त्यसमध्ये ०।५७ प्रतिशतले हुन आउने एक हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने चार हजार ८५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । त्यस्तै १० प्रतिशतले हुन आउने ९ हजार ७०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Logo