बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आइतबार भुटानको सामना गर्दैछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।





























प्रतिक्रिया