रेशम चौधरीको मुद्दा न्यायाधीशद्वय मोक्तान र शर्माको इजलासमा

रेशम चौधरीको मुद्दा न्यायाधीशद्वय मोक्तान र शर्माको इजलासमा

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी लगायतका मुद्दाको सुनुवाइ आज हुदैछ ।

मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको इजलासमा परेको छ । हालसम्म ४ पटक पेसीमा चढेको चौधरीको मुद्दा दुई पटक हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो । एक साताअघि पेसीमा चढे पनि अदालतबाटै स्थगित भएको थियो । आइतबार पेसी सूचीमा परेको मुद्दा १० औँ नम्बरमा रहेको छ । रेशमलाल चौधरी बाहेक अन्य ९ थान मुद्दा पनि लगाउमा राखी सुनुवाइ गर्न लागिएको छ ।

२०७७ भदौ ७ गते कैलालीको टीकापुरमा अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशको माग गर्ने दुई समूहबीच भएको झडप र आन्दोलनका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको हत्या भएको थियो । उक्त नरसंहारमा रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतलाई दोषी मानिएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट दोषी ठहर भएका रेशमलाल चौधरी घटनामा आफ्नो संलग्नता नरहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

उच्च अदालतले पनि कैलाली जिल्ला अदालतकै फैसला सदर गर्दै पूर्व सांसद समेत रहेका चौधरीलाई दोषी ठहर गरिएको थियो । त्यसपछि चौधरी २०७७ फागुन १२ गते उच्च अदालतको फैसलाविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । कैलालीबाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचितसमेत भएका चौधरी निलम्बनकै अवस्थामा रहँदा उनको पदावधि सकिएको थियो । 

Logo