मकवानपुरमा रिद्धिसिद्धिकाे स्वास्थ्य शिविरः १८९ जना लाभान्वित

मकवानपुरमा रिद्धिसिद्धिकाे स्वास्थ्य शिविरः १८९ जना लाभान्वित

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा रिद्धिसिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका- ४ को समन्वय तथा सहयोगमा विकुटारमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्सको प्राविधिक सहयोग रहेको थियो।

उक्त शिविर कार्यक्रममा कम्पनीका सिईओ गुणबहादुर खनालसहित कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा न्यौपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको सहभागिता रहेको थियो ।  

कार्यक्रममा जनरल फिजिसियन, बाल रोग, महिला रोग , हाड जोर्नि तथा नशा रोग, छाला रोगको परिक्षण तथा औषधि वितरणसमेत गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए ।  

Logo