‘मुलुकको सुगमदेखि दुर्गमसम्म सञ्चार सुविधा पु-याउने जिम्मेवारी टेलिकमको’ -मन्त्री शर्मा

‘मुलुकको सुगमदेखि दुर्गमसम्म सञ्चार सुविधा पु-याउने जिम्मेवारी टेलिकमको’ -मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पु-याउनुपर्ने आवश्यकता रहेको बताएकी छन् । 

आईतवार नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले नेपाल टेलिकम सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्य अनुसार समेटेर मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पु¥याउनुपर्ने आवश्यकता रहेको बताइन् । 

उनले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पु¥याउने जिम्मेवारी पनि नेपाल टेलिकमको भएको उल्लेख गरिन् । 

मन्त्री शर्माले विगतको सरकारले लिएको घरघरमा इन्टरनेट हातहातमा मोबाइल महत्वकांक्षी नारा सार्थकता पाएको बताइन् । उनले नेपाल टेलिकमको ग्राहकले तिरेको महसुलबाट सही सदुपयोग गरेर सुलभ र गुणस्तरीय सेवा पु¥याउनुपर्ने बताइन् । उनले नेपाल टेलिकम जस्ता आत्मनिर्भर सरकारी संस्थालाई संरक्षण गरी सेवा प्रवाह, रोजगारी सिर्जना राजश्वको महत्वपूर्ण स्रोतको रुपमा विकास गर्ने राज्यको प्राथमिकता रहने बताइन् ।  

मन्त्री शर्माले दुर्गम क्षेत्रमा नेपाल टेलिकमको कर्मचारी कम भएको स्वीकार गरिन् । उनले कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ हुनेजस्ता समस्या देखिएको उल्लेख गरिन् । उनले सरकारले आगामी दिनमा टेलिकमका सेवा भूउपग्रहबाट बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । 

टेलिकम सञ्चालनमा आएको १९ वर्षको अवधि बित्दा हाल २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । टेलिकमको पीएसटीएन सेवातर्फ ४ लाख ५५ हजार ग्राहक छन् । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको कुल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ । हाल टेलिकममा फोर जी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन् । टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, कम्पनीले सेवाग्राहीहरुलाई इन्टरनेट सेवाको समेत सेवा दिँदै आइरहेको छ ।

Skip This
Skip This
Logo