राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
पार्टी कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृह मन्त्रालय नदिनेका साथै सभापति रवि लामिछानेलाई मन्त्री पनि नबनाउने संकेत गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । तर, सरकार दिएको समर्थन भने कायम रहने जनाइएको छ ।
चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गृहमन्त्री पद गुमाएका थिए । पुनः नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागे पनि प्रधानमन्त्री प्रचण्डले बेवास्ता गरेका थिए ।































प्रतिक्रिया