राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घडी प्रकरणको विषय उठाएका छन् ।
आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सांसद् रामहरि खतिवडालाई लक्षित गर्दै घडी प्रकरणको कुरा उठाएका हुन् । आफूविरुद्ध विभिन्न टिकाटिप्पणी गर्दै अफवाह फैलाउने सञ्चारमाध्यममाथि आक्रोश देखिएका उनले सरकारमा भएका वेथितिको कुरा निकाल्दै सो प्रकरण पनि जोडेका हुन् ।
पछिल्लोसमय खतिवडा पनि उनीविरुद्ध खनिँदै आएका थिए । उनले गैरसांसदको रुपमा रविलाई गृहमन्त्री बनाईए संसद् चल्न नदिने चेतावनीसमेत दिँदै आएका थिए ।
यसअघि कांग्रेस सांसद खतिवडाले राजधानीको लाजिम्पाटस्थित र्याडिसन होटलमा जिम गर्ने क्रममा पूर्वसेनापति छत्रमानसिंह गुरुङको छोरा इमानको १५ लाख मुल्य पर्ने रोलेक्स घडी चोरेको भन्दै विभिन्न टिकाटिप्पणी भएका थिए । जसको कारण खतिवडाले स्पष्टिकरणसमेत दिनुपरेको थियो । पछि उनले ‘कसले खल्तीमा घडी हालिदिएछ’ भन्दै फिर्ता गरेको पनि समाचार बाहिरिएका थिए ।





























प्रतिक्रिया