टोटेनहमसँग सिटी पराजित

टोटेनहमसँग सिटी पराजित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सिटीलाई टोटेनहमले १–० गोल अन्तरले हराएको हो । टोटेनहमकाे जितका लागि ह्यारी केनले खेलको १५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको ७८ औं मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

यस हारसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दुरू घटाउने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको सिटीले २१ खेलमा ४५ अंक जोडेको छ । टोटेनहमले भने जितसँगै २२ खेलमा ३९ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ ।

Logo