सिरियामा भूकम्पकाे धक्का- ११० भन्दा बढीको मृत्यु

सिरियामा भूकम्पकाे धक्का- ११० भन्दा बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिणपूर्वी टर्कीको सिमानजिकै सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार ११० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि एक स्थानीय अस्पतालले एएफपीलाई टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो ।  -एएफपी

Skip This
Skip This
Logo