राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु -उपाध्यक्ष अर्याल

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु -उपाध्यक्ष अर्याल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् । 

सोमवार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन् । उनले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताइन् । 

उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् । उनले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताइन् । त्यस्तै महिलाहरुका लागि नयाँ नियम, कानून बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन् ।  

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेका बताइन् । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनको भनाई छ । 
 
उपाध्यक्ष अर्यालले आफूले कसैको पक्ष नलिइ काम गर्ने कुरामा सबैको विश्वास रहेको बताइन् । 

Logo