बिजुक्छेको टिप्पणी- काँग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैन

बिजुक्छेको टिप्पणी- काँग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैन

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् । 

प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने काँग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने उनको भनाई थियो । रफ्त सञ्चार क्लवको १३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्र भन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि बताए । 

उनले भने, ‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली काँग्रेसले त्यो बाटो अपनाएको हो कि ? साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरु छैन । पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो । र, कार्यक्रम घोषणा पत्र हामीले निर्वाचनको बेलामा पाउँछौ नि । त्यो भन्दा तलमाथि जाने गर्नु हुँदैन । जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्यो भन्दा तलमाथि हामीले गर्न मिल्दैन ।’ 

अध्यक्ष बिजुक्छेले चुनाव अघि र पछि पनि साझा घोषणा पत्र अनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दावी गरे । 

Logo