सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम रहेको छ। सोमबार प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ। यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Skip This
Skip This
Logo