नेपाल भारतलाई हराउँदै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशमा जारी च्याम्पियनसिपको राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा मंगलबार नेपालले भारतलाई ३-१ गोलअन्तरले पराजित गरेकाे हो ।एक गोलले पछि परेको नेपाललाई पुनरागमन जित दिलाउन कप्तान प्रिती राई, अन्जली चन्द र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले गरेको एक गोल सान्त्वनामै सिमित बन्यो ।
जितसँगै नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएकाे छ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।
राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन् । ४ अंक जोडिसकेको बंगलादेशले उक्त खेलमा जित निकालेको खण्डमा उपाधिका लागि नेपालसँग भिड्नेछ । भुटान दुई खेलमा अंक विहीन रहँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ ।





























प्रतिक्रिया