लुम्बिनीमा राष्ट्रियसभा सदस्यको निर्वाचन आज, यी हुन् तीन उम्मेदवार

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको निर्वाचन आज, यी हुन् तीन उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ ।

सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिष्पर्धामा छन् । जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ । तत्कालिन एमाले सांसद खिमलाल भट्टराईले राजिनामा दिए पछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो । 

Skip This
Skip This
Logo