नेपालको पहिलो बैंकिङ्ग सफ्टवेयर पुमोरी अब इन्फोडेभलपर्सले व्यवस्थापन गर्ने भएको छ । यसअघि मर्कन्टाइलले व्यवस्थापन गरिरहेको पुमोरी सफ्टवेयर अब इन्फोडेभलपर्सले व्यवस्थापन गर्ने भएको छ । हालै मर्कन्टाइलको पुमोरी शाखा इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ ।
मर्जर कार्यक्रममा बोल्दै इन्फोडेभलपर्सका अध्यक्ष सञ्जिव राजभण्डारीले पुमोरीमा भएका जनशक्ति, स्रोत र बौद्धिक सम्पति इन्फोडेभलर्पस एमओएसअन्तर्गत आएको बताए । विगत ३० वर्षदेखि निरन्तर सञ्चालन भइरहेको पुमोरी इन्फोडेभलपर्सअन्तर्गत आएको भण्डारीले बताए । सन् १९९१ मा सार्वजनिक भएको पुमोरीको सार्वजनिक कहानीसमेत रोचक छ । नेपालका लागि भनेर बनाइएको पुमोरी नेपालमा नभएर हङकङमा सार्वजनिक गरिएको थियो । अमेरिकी कम्पनी नोभलसँगको सहकार्यमा हङकङमा पुमोरी सफ्टवेयर सार्वजनिक गरिएको थियो ।
पुमोरी सफ्टवेयर देश तथा विदेशका विभिन्न बैंक तथा वित्तीय संस्थामा सफलतापूर्वक प्रयोग भइरहेको छ । नेपालको बैकिङ्ग जगत्लाई डिजिटल युगमा प्रवेश गराउन पुमोरीको महत्वपूर्ण योगदान छ ।
पुमोरी सफ्टवेयर देश तथा विदेशका विभिन्न बैंक तथा वित्तीय संस्थामा सफलतापूर्वक प्रयोग भइरहेको छ । नेपालको बैंकिङ्ग जगत्लाई डिजिटल युगमा प्रवेश गराउन पुमोरीको महत्वपूर्ण योगदान छ । यसका साथै कम्पनीले एड्भान्स नयाँ प्रडक्ट विकास गर्नसमेत सुरु गरेको छ । इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपालको बजारलाई मात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई पनि मध्यनजर गर्दै नयाँ प्रडक्ट विकासमा काम गर्न सुरु गरेको जानकारी दिए । एआई र क्लाउडमा आधारित हुने नयाँ सफ्टवेयरले बैंक तथा वित्तीय संस्थाले पछिल्लो मागलाई सम्बोधन गर्नेछ । नयाँ प्रडक्ट सार्वजनिक हुन एक वर्ष लाग्ने छ ।
पुमरीको ३० वर्षे इतिहास
सन् १९९१ मा सार्वजनिक भएको पुमोरीको इतिहास ३० वर्षभन्दा बढीको छ । यो ३० वर्षे यात्रामा पुमोरी सफ्टवेयर एकपटक पनि डाउन भएको छैन । किनकि, यसमा विश्वस्तरीय जनशक्ति र पूर्वाधार प्रयोग गरिएको छ । नबिल बैंकबाट सुरु भएको पुमोरी राष्ट्रिय वाणिज्य बैंक हुँदै म्यानमार, बगंलादेश र भारतसम्म पुगिसकेको छ । यसले देश तथा विदेशका धेरै बैंक तथा वित्तीय संस्थाको काममा सहजीकरण गर्दै लाखौं जनतालाई छिटो, छरितो र सहज सेवा दिन मद्दत गरिरहेको छ ।
पुमोरीमा बीबीएस बैंकिङ्ग, सीआईबी रिपोर्ट, मोबाइल बैंकिङ्ग तथा एप, इन्ट्रा बैंकिङ्ग, केवाईसी रिपोर्ट संकलन, आधार दरलगायत बैंक तथा वित्तीय क्षेत्रलाई आवश्यक पर्ने सबै प्रकारका सुविधा उपलब्ध छन् । पुमोरीले डाटा सुरक्षामा समेत उत्तिकै ध्यान दिएको छ । पुमोरीको सुरक्षालाई मजबुत बनाउन सबै प्रकारका सुरक्षा सावधानी अपनाइएको कम्पनीको दाबी छ । ३० वर्षे इतिहासमा पुमोरी अहिलेसम्म ह्याक भएको छैन । यसैबाट पनि तपाईँ पुमोरीको सुरक्षा मजवुतीबारे अनुमान लगाउन सक्नुहुन्छ ।
यो ३० वर्षे यात्रामा पुमोरी सफ्टवेयर एकपटक पनि डाउन भएको छैन । किनकि, यसमा विश्वस्तरीय जनशक्ति र पूर्वाधार प्रयोग गरिएको छ । नबिल बैंकबाट सुरु भएको पुमोरी राष्ट्रिय वाणिज्य बैंक हुँदै म्यानमार, बगंलादेश र भारतसम्म पुगिसकेको छ ।
पुमोरीसँग इन्फोडेभेलपर्सको सहकार्य
विगत ३० वर्षदेखि मर्कन्टाइलले व्यवस्थापन गरिरहेको पुमोरी सफ्टवेयर अब इन्फोडेभलपर्सले गर्दै छ । बजारमा नयाँ सिनर्जी आउने भएपछि पुमोरी इन्फोडेभलपर्सअन्तर्गत आएको राजभण्डारीको भनाइ छ । पुमोरीमा अहिले ३०–४० जनाको टिम छ, जो २०–३० वर्षदेखि कार्यरत छन् । त्यसले गर्दा पुमोरीले नयाँ उत्साहित र ऊर्जावान् युवाको आवश्यकता महसुस गरिरहेको थियो । यता इन्फोडेभलपर्ससँग नयाँ ऊर्जावान् युवाको उत्साहित टिम थियो । पुमोरीलाई नयाँ ऊर्जावान् टिम चाहिएको थियो भने इन्फोडेभलपर्सलाई अनुभव चाहिएको थियो ।
इन्फोडेभलपर्स र पुमोरीको आवश्यता एक अर्काले पूर्ति गर्ने भएपछि यो मर्जर सम्भव भएको बताइएको छ । यसका साथै पुमोरीलाई अब क्लाउडमा लैजाने योजना रहेको अध्यक्ष राजभण्डारीले बताए । ‘इन्फोडेभलपर्ससँग आफ्नै क्लाउड पूर्वाधार छ । अब पुमोरीलाई पनि क्लाउड लैजान्छौं । मर्जरको एउटा उद्देश्य पनि यही हो,’ राजभण्डारी सुनाउँछन् । पुमोरी र इन्फोडेभलपर्स दुवै फिनटेक क्षेत्रमा काम गरिरहेका कम्पनी हुन् । त्यसकारण पुमोरी र इन्फोडेभलपर्सका सफ्टवेयरमा केही समानता छन् । त्यसकारण कुन ठाउँमा कुन सफ्टवेयर उपयोगी हुन्छ, त्योअनुसार निर्णय लिने उनको भनाइ छ ।
पुमोरी किन चलाउने ?
बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई छिटो, छरितो र पारदर्शी सेवा दिन सफ्टवेयरको प्रयोग अनिवार्य भइसकेको छ । सफ्टवेयर प्रयोग गर्दा समयको बचत हुनुका साथै बैंकको कामसमेत प्रभावकारी रूपमा सञ्चालन हुन्छ । लाखौं ग्राहकको सूचना भएको बैंकले प्रयोग गर्ने सिस्टम धेरै संवेदनशील हुन्छ । त्यसैकारण आज पनि बैंक तथा वित्तीय संस्थाले चलाउने प्रणाली कम्तीमा पनि २५ वर्ष पुराना छन् । नयाँ प्रणालीको विश्वसनीयता कम हुने भएकाले बैंकले पुराना र राम्रा सिस्टम प्रयोग गरिरहेका हुन्छन् । स्ट्यान्डर्ड चार्टड बैंकले चलाउने सिस्टम त ४० वर्ष पुरानो हो । पुमोरी पनि विगत ३० वर्षदेखि चलिरहेको र ग्राहकले विश्वास गरेको सिस्टम हो । विश्वासबिना कुनै पनि सिस्टम लामो समय चल्न सक्दैन । फेरि पुमोरी सफ्टवेयरलाई देश तथा विदेशका लाखौं ग्राहकले विश्वास गरेका छन् ।































प्रतिक्रिया