इन्फोडेभलपर्सले सहकारी, माइक्रोफाइनान्स र अन्य संस्थाको डिजिटलाइजेसनको प्रयासमा इ सघाउन विभिन्न प्रोडक्टहरू समेत उपलब्ध गराएको छ । यस अंकमा हामीले केही महत्त्वपूर्ण प्रडक्टबारे जानकारी दिइरहेका छौं । यीबाहेक अन्य प्रोडक्ट तथा सेवाहरूसमेत उपलब्ध भइरहेको र भएका सेवाहरू थप परिमार्जित र अपडेट पनि भइरहेका छन् ।
ई-रिकन्सिलेसन सिस्टम
वित्तीय संस्थाहरूको रिकन्सिलेसन प्रक्रियालाई सजिलो बनाउनका लागि ई–रिकन्सिलेसन सिस्टम विकास गरिएको हो । यो सिस्टमले एटीएम, पीओएस, सीबीएस, स्विच जस्ता विभिन्न संस्थामा हुने वित्तीय कारोबारलाई सहज बनाउँछ । साथै, यसमा संस्थाको आवश्यकताअनुसार सेवाहरू थप गर्न सकिन्छ । यो सप्mटवेयर अंग्रेजी भाषामा उपलब्ध हुनुका साथै आवश्यकताअनुसार थप भाषाहरू पनि राख्न सकिन्छ । साथै अटोमेटिकरूपमा रिपोर्टहरूसमेत जेनेरेट गर्न सकिन्छ । यो सिस्टमले कारोबारलाई पारदर्शी बनाउन मद्दत गर्छ । यो सफ्टवेयर डेटा एगन्स्टिक किसिमको छ, जुन कुनै पनि भेन्डरको डेटाबेस म्यानेजमेन्ट प्रणालीमा चल्न सक्छ । यसको प्रयोग गर्न धेरै आईटी विज्ञ पनि चाहिँदैन ।
इन्फिनिटी
इन्फिनिटी टप नच कोर बैंकिङ्ग सिस्टम हो, जसले वित्तीय संस्थाको बढ्दो मागलाई पूरा गर्ने कोसिस गर्दछ । यो एकदमै नौलो प्रविधिमा आधारित रहेको छ । यसले वित्तीय संस्थालाई बैंकिङ्ग कारोबारका लागि सुरक्षा प्रदान गर्ने गर्दछ । यसले लेनदेन प्रक्रियालाई पनि एकदमै सुरक्षित बनाउने गर्दछ । यसमा रहेका थुप्रै एमआईएस रिपोर्टले बैंकहरूलाई आफ्नो कारोबार गर्न अझै सहज पार्ने गर्दछ । यसको थुप्रै च्यानलहरू बनाएर ग्राहकलाई दिन पनि मिल्छ । यसमा सजिलो इन्टरफेस भएका कारणले ग्राहकले सजिलै सफ्टवेयरबार जान्न सक्छन् । यो प्रणालीलाई बैंक र सहकारीहरूमा प्रयोग गर्ने गरिन्छ । डेलिभरी च्यानलहरू- मोबाइल बैंकिङ्ग सेवा, एटीएम बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग
अनलाइन (ई) रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम
ई–रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम वेबमा आधारित एक प्लेटफर्म हो । यसले रिक्रुटमेन्ट प्रक्रियालाई व्यवस्थित र सजिलो बनाउँछ । अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टममार्फत रोजगारदाताहरू ठूलो संख्यामा सम्भावित कर्मचारीमाँझ पुग्न सक्छन् । रोजगारदाताहरूले रिक्त पदहरू पनि पोस्ट गर्न सक्छन् र रोजगार खोज्नेहरूले उपलब्ध रिक्त जागिरका लागि आवेदन दिन सक्छन् । त्यसैगरी, यसले रोजगारदातालाई उम्मेदवारको आवेदन स्वीकार गर्न, आवेदन प्रमाणीकरण गर्न, परीक्षाका लागि प्रवेशपत्र सिर्जना गर्न, अन्तर्वार्ता तालिका पठाउन र उम्मेदवारको अन्तिम छनोट नभएसम्म छनोटका विभिन्न चरणहरूमा नतिजा प्रकाशित गर्न पनि सहज गराउने गर्छ ।
आईस्मार्ट सर्भिसेस
आईस्मार्ट सर्भिसेस वेबमा आधारित प्रणाली हो । यसले बैंक तथा वित्तिय संस्थाहरूका डिजिटल प्रडक्टहरूलाई एकीकृत गर्ने काम गर्दछ । बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै तयार पारिएको आईस्मार्ट सर्भिसेसले ग्राहकलाई सहज रूपमा सेवा प्रवाह गर्न मद्दत गर्ने कम्पनी विश्वास छ । आईस्मार्ट सर्भिसेसले बैंकको डिजिटल सेवा जस्तै कार्ड रिक्वेस्ट, पिन कोड परिवर्तन, अनलाइन डिम्याट लगायतका सुविधा लिन लामो फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गर्नेछ ।































प्रतिक्रिया