काठमाडौं ।
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि भएको छ।
उनले आफ्नो ट्वीटरमा यसको जानकारी दिएका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था भने ठिक भएको उल्लेख गरेका छन् । शाहले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि परीक्षण गर्न अनुरोध गरेका छन् ।

आज मात्रै भारतकी एक मन्त्रीको पनि कोरोनाका कारण निधन भएको थियो । कोरोना संक्रमणका कारण उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको हो।





























प्रतिक्रिया