टियु मैदानमा हुने त्रिदेशिय क्रिकेटको टिकट माइपे वालेटबाट खरिद गर्न सकिने

टियु मैदानमा हुने त्रिदेशिय क्रिकेटको टिकट माइपे वालेटबाट खरिद गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबिचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ ।

खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको ब्यवस्था समेत गरेको छ । खेल आउँदो फाल्गुण २ देखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदै छ ।

क्यानले सामान्य टिकटको मूल्य १५० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३५० रुपैयाँ निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य १३० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३२० रुपैयाँ निर्धारण गरेको छ ।

माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको ब्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । 

पछिल्लो समय नेपाल टि२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विबादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भईरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ । लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ । नामिबिया ३७अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ ।  

Skip This
Skip This
Logo