विवेकशिल साझाको महाधिवेशनको तयारी पूरा

विवेकशिल साझाको महाधिवेशनको तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

विभिन्न चिरामा छिन्नभिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पूरा भएको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गरिने महाधिवेशनको तयारी पूरा भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । 

शनिवारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ  । 

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। 

Skip This
Skip This
Logo