अहिले सरकारमा जाने कुरा छैन -झलनाथ खनाल

अहिले सरकारमा जाने कुरा छैन -झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन् । 

बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका नेता खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताएका हुन् । उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने बताए । सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाई छ ।  
 
नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । 

Logo