उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहिबार दिउँसो ३ बजे बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरेर शुक्रबार बिहान ९ बजे बस्ने तय भएको हो । प्रधानमन्त्री दाहाल र संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार अपरान्ह सिंहदरबारमा भेटवार्ता भएपछि संयन्त्र बैठक आज बिहानका लागि सारिएको थियो। संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।

दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

Logo