सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरू भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्षसमेत रहेका संयन्त्रका संयोजक केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सत्ता साझेदार दलका शीर्ष नेता बैठकमा सहभागी छन्। प्रधानमन्त्रीको सचिवालयले बैठक जारी रहेको जानकारी दिएको छ।
यसअघि बिहिबार दिउँसो ३ बजे बस्ने भनिएको संयन्त्रको बैठक शुक्रबार बिहानका लागि सारिएको थियो। संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ।
दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बोलाइएको हो।





























प्रतिक्रिया