नेपाली काँग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएकी छन् ।
शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सांसद भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताए । नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको उनले बताए ।
उनले आफूहरु लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक रहेको बताए ।
सांसद भण्डारीले युवा नेताहरु पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे । उनले युवाहरुमा अहिले आफ्नो पार्टीमा भएको चुनौतिको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताए ।





























प्रतिक्रिया