इटालियन सिरी–ए फुटबलमा इन्टर मिलानले संघर्षपूर्ण जित निकालेको छ ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । मिलानलाई जित दिलाउन जेरुडले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर ६२ औँ मिनेटमा ओलिभर जिरुडले गोल गर्दे टोलीलाई जित दिलाए। जितसँगै मिलान छैटौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ ।
मिलानको २२ खेलबाट ४१ अंक पुगेको छ । मिलान एक खेल कम खेलेको दोस्रो स्थानको इन्टरसँग २ तथा शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । पराजित टोरिनो ३० अंक जोडेर सातौं स्थानमा छ ।































प्रतिक्रिया