ओपीडीमा आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर उपचार

ओपीडीमा आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर उपचार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाका अधिकांश अस्पतालले उपचारका लागि आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर उपचार गराईरहेका छन् ।

महाराजगञ्जस्थित गंगालाल हृदयरोग केन्द्रले भने बिरामीलाई ओपीडी सेवा पनि उपलब्ध गराएर उपचार गराईरहेको छ भने शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, प्रसुती गृह, वीर अस्पताललगायतले उपचारका लागि आएका अस्पताल आएका ओपीडी र नियमित फलोअपका  बिरामीलाई इमर्जेन्सीका टिकट दिएर उपचार गराईरहेका छन् ।

नेपाल चिकित्सक संघले ट्रमा सेन्टरका एक अस्पतालका डाक्टरलाई हातपात गरेको बिरोधमा  देशैभरी अस्पताल ठप्प पार्ने घोषणा गरे पनि उपत्यकाका अधिकांस अस्पतालले ओपडी सेवा लिन आएका बिरामीलाई इमर्जेन्सीको टिकट काटेर उपचार गराईरहेका छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा. दिनेश काफ्लेका अनुसार ओपीडी आउने नयाँ र पुराना बिरामी लाई इमर्जेन्सी टिकट दिएर सेवा दिइरहेको छ । उनका अनुसार फ्लोअपमा आउने रामीहरुलाई नियमित रुपमा सेवा दिइरहेको छ ।

परोपकार प्रसुति गृहका निर्देशक डा. पवनजंग रायमाझी भन्छन्, ‘गर्भवती महिलाहरुलाई सेवा दिने भएकाले फर्काउन सकिदैंन्, ओपीडी कक्षबाटै सेवा दिइरहेका छौं ।’

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाकाअनुसार अस्पतालले आएका उपचारका लागि आएका बिरामीलाई नफर्काउने गरी सेवा प्रदान गरिरहेको छ । हामीले आएका बिरामीलाई फर्काएका छैनौं । ओपीडी सेवा बन्द छ तर इमर्जेन्सीको टिकट लिएर बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौं,’ उनले भने । 

Skip This
Skip This
Logo