नेपाल आइडल विजेता सज्जाको ‘तिमीसँग’ [भिडियोसहित]

नेपाल आइडल विजेता सज्जाको ‘तिमीसँग’ [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ छ ।

प्रशंसा रायमाझी निर्देशित भिडियोमा सज्जाको सोलो अभिनय छ । भिडियोमा घोङबाको छायांकन, सम्पादन र कलर, हिना थापा मगरको मेकअप, सुजनी डिजाइन(सुजनी ठकुरी)को ड्रेस छ । भिडियो गायिका सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक गरिएको हो ।

 

Logo