अनेरास्ववियु महाधिवेशनकाे तयारी पूरा, नेतृत्वमा सहमति नभए मतदान हुने

अनेरास्ववियु महाधिवेशनकाे तयारी पूरा, नेतृत्वमा सहमति नभए मतदान हुने

केन्द्रबिन्दु
0
Shares

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँदो मंगलबारबाट सुरु हुने २३औँ महाधिवेशनको तयारी पूरा भएको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएकी हुन् । नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने बताएकी उनले सहमति नजुटेमा भने मतदानबाट नेतृत्व छान्ने जानकारी दिएकी छन् ।

मतदान प्रक्रियामा जाँखा विद्युतीय मेसिन प्रयोग गरिने बताइएकाे छ । 

आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने जानकारी दिएकी अध्यक्ष बरालले महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने बताइन् । 

Logo