फाइजरको बाइभ्यालेन्ट खोप भित्रियो

फाइजरको बाइभ्यालेन्ट खोप भित्रियो

केन्द्रबिन्दु
0
Shares

फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ती खोप भित्रिएको बताएका हुन् ।
    
उनले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको  सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र  सोहीअनुसार आज  तीन लाख ४५ हजार मात्रा खोप आइपुगेको   हो । 

Skip This
Skip This
Logo