कसले जित्ला फिफा द बेस्ट ? [भिडियोसहित]

कसले जित्ला फिफा द बेस्ट ? [भिडियोसहित]

केन्द्रबिन्दु
6
Shares

वर्ष २०२२ को ‘द बेस्ट फिफा अवार्ड’ का लागि फिफाले भोटिङ नतिजाका आधारमा शीर्ष ३ खेलाडीको सूची सार्वजनिक गरेको छ । 

फिफाले यसअघि १४ जना खेलाडीलाई समावेश गर्दै प्रारम्भिक मनोनयन प्रकाशित गरेर भोटिङ खुला गरेको थियो । जसमा भोटिङका आधारमा धेरै अंक ल्याउने शीर्ष ३ जना खेलाडीलाई समेट्दै फिफाले शनिबार ‘सर्ट लिस्ट’ प्रकाशित गरेको हो । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो । अन्तिम तीन खेलाडीहरुमा विश्वकप विजेता मेसीसहित विश्वकप उपविजेता फ्रान्सका केलियन एमबापे र च्याम्पियन्स लिग र स्पेनिस ला लिगा विजेता करिम बेन्जिमाको नाम सार्वजनिक भएको छ । 

अब ‘द बेस्ट फिफा अवार्ड’ का लागि यी तीन खेलाडी बीच चर्को प्रतिस्पर्धा हुने पक्का भएको छ । अवार्डका मुख्य दाबेदार मेसीले कतार विश्वकपमा अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । वर्ष २०२२ को ‘द बेस्ट फिफा अवार्ड’ को विभिन्न विधाको अवार्ड फेब्रअरी २७ तारिखमा घोषणा हुँदैछ । विश्वकप विजेता भएका आधारमा मेसी र गत वर्ष रियल मड्रिडका लागि ला लिगा र च्याम्पियन्स लिग समेत जितेका आधारमा बेन्जेमालाई यसपटक ‘द बेस्ट फिफा अवार्ड’ का लागि मुख्य दाबेदार मानिएको छ । 

यसअघि प्रारम्भिक मनोनयनमा अर्जेन्टिनाका जुलियन अल्भारेज, इंग्ल्यान्डका जुड बेलिङ्घम बेल्जियमका केभिन डी ब्रुयन, नर्वेका अर्लिङ हाल्यान्ड, मोरक्कोका अचरफ हाकिमी, पोल्यान्डका रोवर्ट लेवानडोस्की, सेनेगलका साडियो माने, क्रोएसियाका लुका मोड्रिच, ब्राजिलका नेइमार, इजिप्टका मोहमद सलाह र ब्राजिका भिनिसियस जुनियर परेका थिए । यीसबै खेलाडी भोटिङबाट बाहिरिसकेका छन् । फिफाले प्रत्येक वर्ष फिफा उत्कृष्ट खेलाडी अवार्ड प्रदान गर्दै आएको छ । फिफाले प्रत्येक वर्ष खेलाडीको खेल प्रदर्शनीको आधारमा उत्कृष्ट खेलाडी छनोट गर्छ । 

Skip This
Skip This
Logo