नेपालले आज नामिवियासँग खेल्दै, सन्दीप लामिछाने पाँच महिनापछि मैदानमा

नेपालले आज नामिवियासँग खेल्दै, सन्दीप लामिछाने पाँच महिनापछि मैदानमा

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ ।

खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल नामिबियामाथि सानदार जित हात पार्ने सोचका साथ मैदान उत्रनेछ । नेपालले घरेलु मैदानमा आजदेखि नामिबिया, स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणत्मक सिरिज खेल्दै छ। सिरिज फागुन ९ गतेसम्म संचालन हुने छ । यस सिरिजमा तिनै टिमले एक अर्काविरुद्ध दुई–दुई खेल खेल्ने छन् । नेपालले दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध फागुन ५ गते र फागुन ९ गते खेल्ने तालिका रहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत नेपाल अहिले २४ खेल खेल्दै १८ अंकसहित छैटौं स्थानमा रहेको छ ।

यस सिरिजमा सहभागी स्कटल्याण्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । लिग–टूको विजेता बन्न औपचारिकता बाकीँ रहेको स्कटल्याण्डले यस वर्ष नै आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाईसकेको छ । नामिबिया विश्वकप लि–टूको शीर्ष तीनमा पर्न सम्भावना भएको अर्को टोली हो । नामिबिया नेपाल भ्रमणका क्रममा शीर्ष तीनको स्थान बलियो बनाउँन चाहान्छ । हालसम्म नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। शीर्ष तीनमा रहि सिधै विश्वकप छनोट खेल्न नेपालले खेल्न बाँकी सबै १२ खेल जित्नुपर्ने हुन्छ ।

यसैबिच, आजको खेलमार्फत बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पाँच महिनापछि मैदान फर्किदैछन् । उनको प्रदर्शन निकै महत्वपूर्ण रुपमा हेरिएको छ । यस्तै,  मुख्य प्रशिक्षक मोन्टी देशाईको पनि यो पहिलो प्रतियोगिता हो । 

Logo