सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गरिरहेको छ ।
वार्ता सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मंगलवार वार्ताको लागि यातायात मजदुर र व्यवसायीहरुलाई मन्त्रालयमा बोलाएका थिए ।
विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले मंगलबार सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । बिहानदेखि नै काठमाडौंमा सार्वजनिक यातायात चलेका छैनन् । यातायात नचल्दा यात्रुहरु भने मर्कामा परेका छन् । केही रुटमा छिटफुट रुपमा यातायात चले पनि मुख्य रुटमा भने सार्वजनिक यातायातका साधन चलेका छैनन् । सोमबार आन्दोलनरत यातायात मजदुरले बालाजु बाइपास क्षेत्रमा प्रहरीको भ्यान तथा अस्थायी प्रहरी बिटमा आगजनी गरेका थिए ।





























प्रतिक्रिया