नामिबियाविरुद्ध कुशल र रोहितको उत्कृष्ट अर्धशतक

नामिबियाविरुद्ध कुशल र रोहितको उत्कृष्ट अर्धशतक

केन्द्रबिन्दु
0
Shares

कप्तान रोहितकुमार पौडेल र ओपनर कुशल भुर्तेलले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सानदार अर्धशतक प्रहार गरेका छन् । 

टीयु क्रिकेट मैदानमा जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले ५१ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरेका हुन् । भने कप्तान पौडेलले पनि अर्धशतक बनाएर खेलिरहेका छन् । 

नेपालले ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्ललाई गुमाइसकेको छ । हाल २७ ओभरको खेल सकिँदा १५० रन बनाएर नेपाल खेलिरहेको छ । 

Logo