इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ ।
युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो । खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । अन्तत त्यही गोल नै मिलानको जित नै निर्णायक बन्यो ।
अब दोस्रो लेग टोटेनहमको मैदानमा ८ मार्चमा हुनेछ । मिलानलाई यही नजिता नै क्वाटरफाइनलमा पुग्न पर्याप्त रहँदा टोटेनहमलाई क्वाटरफाइनल पुग्न जितको खाँचो छ ।































प्रतिक्रिया