बाँकेमा ५ लाख नक्कली सोटसहित तीन पक्राउ

बाँकेमा ५ लाख नक्कली सोटसहित तीन पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाँकेमा करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट तीनजना पक्राउ परेका हुन् । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । सो क्रममा उनीहरुबाट १ हजार दरका नक्कली नोट ५६९ थान बरामद भएको छ ।

प्रहरीका अनुसार रानाका साथबाट ४१८ थान र कुमाइका साथबाट १५१ थान नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेको अवस्थामा तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

Logo