बारामा शंकास्पद अवस्थामा महिलाको शव फेला

बारामा शंकास्पद अवस्थामा महिलाको शव फेला

केन्द्रबिन्दु
0
Shares

बाराको निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरमा ४ दिनदेखि बेपत्ता स्थानीय कान्छिमाया घलानको शव शंकास्पद अवस्थामा फेला परेको छ ।

गत शनिवारबाट बेपत्ता बनेकी ७१ वर्षीया घलानको शव मंगलबार घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेको हो । स्याउलाले छोपेर राखेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ढिलो खबर आएको र रात परेर अध्यारो भएकाले मंगलबार मुचुल्का तयार पार्न नभ्याइएपछि घटनास्थलमा नै शव छाडेर प्रहरी टोली फर्किएको थियो ।

कर्तव्य गरेर हत्या गरेको हुनसक्ने भन्दै आफन्त र स्थानीयले मृतकको शव उठाउन मानेका थिएनन् । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सन्जिव ओलीले जानकारी दिए । मृतक घलानको परिवारमा श्रीमानसहित २ छोरा छन् । स्थानीयका अनुसार कान्छो छोराको मानसिक अवस्था बिग्रेको र ३–४ दिन अघिदेखि उनले पनि घर छोडेर हिडेको बताइएको छ ।

श्रीमान गाउँमै अर्को घरमा बस्ने र जेठो छोरा भने रोजगारीको क्रममा सिमरामा छन् । यसैबीच, कान्छो छोरालाई मकवानपुर प्रहरीले हेटौडाबाट नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ । 

Logo