नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा दिएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाएका हुन् । उनले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रस्तुत गरिरहेको भन्दै तत्कालिन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गरे ।
सांसद पौडेलले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको बताए । उनले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित गरे ।
अहिले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको उनले आरोप लगाए ।
सांसद पौडेलले संविधानको रक्षाका गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन काँग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे ।





























प्रतिक्रिया