दूरसञ्चार प्राधिकरण कप फुटसल- उपाधिका लागि वर्ल्डलिंक र एनसेल भिड्ने

दूरसञ्चार प्राधिकरण कप फुटसल- उपाधिका लागि वर्ल्डलिंक र एनसेल भिड्ने

केन्द्रबिन्दु
3
Shares

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो रजत जयन्तीको अवसर पारेर आयोजना गरेको नेपाल दूरसञ्चार प्राधिकरण कप “अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिता” को उपाधिका लागि वर्ल्डलिंक र एनसेल भिड्ने भएका छन् । 

फाइनल खेल काठमाडौँको बालुवाटारस्थित फुटसल कोर्टमा यही फागुन ५ अर्थात यहि शुक्रबार हुने छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक सम्बद्ध संस्थाका दश टोलीहरुको सहभागिता रहेको थियो।

नकआउट फर्म्याटमा सञ्चालन भएको प्रतियोगितामा दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल आजियाटा लिमिटेड, स्मार्ट टेलिकम प्रालि, भायनेट कम्युनिकेशन लिमिटेड, सुबिसु केवल नेट लिमिटेड, डिस मिडिया नेटवर्क, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, मर्कन्टायल कम्युनिकेसन लिमिटेड, सिजी कम्युनिकेसन लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रालिले भाग लिएका थिए ।

क्वार्टर फाइनलमा भायनेटलाई ४–३ र सेमिफाइनलमा डिशहोमलाई ८–२ गोल अन्तरले हराउँदै वर्ल्डलिंक फाइनलमा प्रवेश गरेको छ। दाेस्राे सेमिफाइनलमा एनसेलले मर्कन्टायल कम्युनिकेसन लिमिटेडलाई १६-१ गोल अन्तरले पराजित गरेकाे थियाे ।

अब तेस्रो स्थान प्राप्त गर्नका लागि मर्कन्टायल कम्युनिकेसन लिमिटेडले डिस मिडिया नेटवर्क प्रतिस्पर्धा गर्ने भएको छ । 

प्रतियोगितामा उपाधि विजेता टोलीले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उप–विजेता टोलीले साठी हजार र तेस्रो स्थान प्राप्त गर्ने टोलीले चालिस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक एवं खेल सञ्चालन समितिका सदस्य सुनिल खतिवडाले जानकारी दिए । साथै प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई दश हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

Skip This
Skip This
Logo