आर्सनललाई हराउँदै सिटी शीर्ष स्थानमा उक्लियो

आर्सनललाई हराउँदै सिटी शीर्ष स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा आर्सनललाई ३–१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक–एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए । खेलको २४ औं मिनेटमा केभिन डी ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा बकायो साकाले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा सिटीले २ गोल थपेको थियो । ७२ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गरेपछि सिटी २–१ ले अघि बढ्दा ८२ औं मिनेटमा एर्लिङ हालान्डले गोल गरेपछि ३–१ को सहज जित निकाल्न सिटी सफल भयो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको आर्सनलको पनि ५१ अंक रहेको छ । आर्सनलले एक खेल कम खेलेको छ ।

Skip This
Skip This
Logo