दूरसञ्चार प्राधिकरण कप फुटसलकाे उपाधि वर्ल्डलिंकलाई

दूरसञ्चार प्राधिकरण कप फुटसलकाे उपाधि वर्ल्डलिंकलाई

केन्द्रबिन्दु
0
Shares

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो रजत जयन्तीको अवसर पारेर आयोजना गरेको नेपाल दूरसञ्चार प्राधिकरण कप “अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिता”को उपाधि वर्ल्डलिंकले जितेको छ ।  

शुक्रबार भएको फाइनल खेलमा वर्ल्डलिंकले एनसेललाई ३–२ गोलले हराउँदै उपाधि आत्मसाथ गरेको हो । जितसँगै वर्ल्डलिंकले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उप–विजेता टोली एनसेलले साठी हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

No description available.

आइतबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक सम्बद्ध संस्थाका दश टोलीहरुको सहभागिता रहेको थियो।

No description available.तेस्रो स्थानका लागि भएको खेलमा डिस मिडिया नेटवर्कले मर्कन्टायल कम्युनिकेसन लिमिटेडलाई २३–४ गोल अन्तरले हराउँदै नगद चालिस हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै प्रतियोगितामा डिस मिडिया नेटवर्कका विमोश गोपालीले २१ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा दश हजार रुपैयाँ प्राप्त गरेका छन् । 

नकआउट फर्म्याटमा सञ्चालन भएको प्रतियोगितामा दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल आजियाटा लिमिटेड, स्मार्ट टेलिकम प्रालि, भायनेट कम्युनिकेशन लिमिटेड, सुबिसु केवल नेट लिमिटेड, डिस मिडिया नेटवर्क, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, मर्कन्टायल कम्युनिकेसन लिमिटेड, सिजी कम्युनिकेसन लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रालिले भाग लिएका थिए ।

Skip This
Skip This
Logo