निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताको आव्हान

निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताको आव्हान

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले चितवन–२ मा आगामी बैशाख १० गते हुन गईरहेको उपनिर्वाचतका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।

आयोगले प्रतिनिधिसभाका तत्कालिन सांसद रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन–२ मा उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार फागुन १० गतेदेखी १६ गतेसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सुचनामा भनिएको छ। 

Logo