फिनिसिङ फितलो बन्दा नेपाललाई नामिबियाको बलियो लक्ष्य, सन्दीपको ५० विकेट पूरा

फिनिसिङ फितलो बन्दा नेपाललाई नामिबियाको बलियो लक्ष्य, सन्दीपको ५० विकेट पूरा

केन्द्रबिन्दु
0
Shares

नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनाएको हो ।

४५ ओभरमा ५ विकेटको क्षतिमा नामिबिया १९० रनमै रोकिएको थियो । त्यसपछिको ५ ओभरमा नेपाली खेलाडीको फिनिसिङ फितलो बन्दा नामिबियाका खेलाडीले राम्रो सदुपयोग गर्दै ८४ रन जोड्न सफल भए । नामिबियाका लागि जेन ग्रीनले अर्धशतकिय इनिङ्स खेले । उनी ६३ बलमा ७५ रन बनाएर अविजित रहे । साथै पिक्की या फान्सले ४९ रन तथा लो ह्यान्डरे लरेन्सले ४१ रन जोडे । 

May be an image of 3 people, people playing sports, people standing and textयसअघि नेपालविरुद्ध शतक प्रहार गर्ने नामिबियाका माइकल भान लिंगेन २२ रनमै रन आउट भए । साथै ओपनर कार्ल ब्रिकेनस्टक २२ रन तथा कप्तान जेरार्ड इरास्मस १५ रन बनाए । रुवेन ट्रम्पपेल्मन २४ रनमा अविजित रहे । 

May be an image of 2 people and people playing sportsबलिङतर्फ नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । साथै उनले लिग- २ मा ५० विकेट पूरा गरेका छन् । उनी लिग -२ मा ५० विकेट पूरा गर्ने पहिलो स्पिनरसमेत हुन् । लिगमा सर्वाधिक विकेट लिनेमा भने ओमानमा तीव्र गतिका बलर बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका छन् ।

Skip This
Skip This
Logo